बझाङ-१ बाट प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

सोमबार, वैशाख १७, २०८१

बझाङ । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गर्नुभएको हो । 

भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्नुभएको छ। त्यस्तै उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै माओवादी केन्द्रका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याउनुभएको छ । निर्वाचन आयोगले भने अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन ।

शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो । यहाँ ११ दलका उम्मेदवार थिए । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उहाँकै छोरा हुनुहुन्छ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्