क्रान्तिकारीको मुखपत्र 'सिस्ने' विमोचन 

बुधबार, वैशाख १२, २०८१

रुकुम पश्चिम । अखिल (क्रान्तिकारी) रुकुम पश्चिमको मुख पत्र 'सिस्ने' को आठौ अंक विमोचन गरिएको छ । 

बुधबार एक कार्यक्रमका बिच मुसिकोटमा  नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य तथा रुकुम पश्चिम जिल्ला ईन्चार्ज बसन्त शर्माले उक्त पुस्तकको विमोचन गर्नुभर्एको हो । 

अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका जिल्ला अध्यक्ष निराजन केसीका अनुसार २०७३ सालपछि बन्द अवस्थामा रहेको मुखपत्रलाई पुनः प्रकाशनमा ल्याईएको हो । अहिले प्रकाशन भएको 'सिस्ने' आठौ अंक हो । अहिले पाँच सय प्रति छापिएको र नि:शुल्क वितरण गरिने अध्यक्ष केसीले जनाउनुभयो ।

पुस्तक भित्र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा, नेताहरु लेखनाथ न्यौपाने, बसन्त शर्मा, पन्चा सिंह, रामदिप आचार्य, नरेश रेग्मी, मदन भुल , अटल आचार्य, नारायण केसी, शेरवीर दाहाल लगायतका लेखहरु समावेश गरिएको छ । 

शिक्षा, दर्शन, जनयुद्ध, विद्यार्थी संगठनको इतिहास, संगठनका गतिविधि लगायत अन्य रचनाहरु पुस्तकमा समावेश गरिएको अध्यक्ष केसीले बताउनुभयो । 

पुस्तक विमोचन कार्यक्रममा  नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य तथा रुकुम पश्चिम जिल्ला ईन्चार्ज बसन्त शर्मा, कर्णाली प्रदेश कमीटि सदस्य हरि मल्ल भाष्कर, अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिव सुन्दर शर्मा, केन्द्रिय सदस्यहरु सुशिल बिष्ट, समकृती पुन, पूर्व जिल्ला अध्यक्ष नारायण केसी लगायतका आथित्यता रहेको थियो । 

439105120_1796910787472428_7289383492986808310_n-1713948773.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्