स्वर्गीय ईन्जिनियर धर्मको सम्झनामा चौरजहारीमा फुटबल प्रतियोगिता सम्पन्न 

शनिबार, वैशाख १, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -३ टाटागाउँ खेलमैदानमा १९ वर्ष मूनिका पुरुष तर्फको खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको छ । 

स्वर्गीय ईन्जिनियर धर्मराज बुढाथोकीको ३१ औ जन्मदिनको सम्झनामा टाटागाउँ फुटबल क्लब (टिएफसी) ले १९ वर्ष मुनिका पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको हो । ईन्जिनियर बुढाथोकीको २०७८ साल असार ८ गतेका दिन दुर्घटनामा परेर निधन भएको थियो । 

चौरजहारी नगरपालिका वडा नम्वर ३ निवासी स्व. बुढाथोकीको जन्मदिनको सम्झनामा फूटबल प्रतियोगिता आयोजना गरिएको हो । 

आयोजक टिएफसीका कोष संयोजक यदु कुमार बुढाका अनुसार प्रतियोगितामा योङ  स्टार क्लब नाखिरा प्रथम भएको छ भने थदर युवा क्लब द्धितिय भएको छ । त्यसैगरी घारीगाउँ युवा क्लब तृतीय स्थान ल्याउन सफल भएको छ । 

प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल  योङ  स्टार क्लब नाखिरालाई प्रमाणपत्रसहित नगद सात हजार ७०५, द्धितीय स्थान ल्याउन सफल थदर युवा क्लबलाई चार हजार ७१० रुपियाँ  र तेस्रो स्थान ल्याउन सफल घारीगाउँ युवा क्लबलाई तीन हजार ५० रुपियाँ पुरस्कार प्रदान गरिएको छ । 

प्रतियोगितामा विभिन्न ६ वटा फुटबल टिमले भाग लिएका थिए । प्रतियोगितामा भाग लिएका अन्य तीन टिमहरु टाटागाउँ फुटबल क्लब, सोती योङ  स्टार र ईगल स्टारलाई सान्त्वना पुरस्कार प्रदान गरिएको कोष संयोजक बुढाले जानकारी दिनुभयो । 

128bf54c-9670-4d06-b197-42bcfb0cff6c-1713023326.jpeg
 

741a8574-60da-4292-b051-1e643429effa-1713023326.jpeg
 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्