युवा संगठनको केन्द्रीय सदस्यमा रुकुम पश्चिमबाट पाँच युवा नेता चयन 

बुधबार, चैत २८, २०८०

धनगढी । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । धनगढीमा सम्पन्न सम्मेलनबाट दिनेश सीको नेतृत्वमा १३३ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ ।

सम्मेलनको चैत्र २४ गते नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले उद्घाटन गर्नु भएको थियो । ३ दिनसम्म चलेको बन्द सत्रले नयाँ नेतृत्व चयन गरेको हो ।

उपाध्यक्षमा विश्लेषण सी, महासचिव सुवाश सी, सचिवमा अनिल सी र कोषाध्यक्षमा जीवनी सी सर्वसम्मत चयन हुनुभएको हो । १० जना सदस्य पछि मनोनित गरिने बताईएको छ । 

युवा संगठन नेपालको पाँचौ ऐतिहासिक राष्ट्रिय सम्मेलनबाट रुकुम पश्चिम जिल्लाका ५ जना युवा नेता केन्द्रिय सदस्यमा चयन हुनुभएको छ । केन्द्रीय सदस्यहरुमा विवेक सी, राज सी, महेश सी, सुवास सी र राजकुमार सी चयन हुनुभएको हो ।

विवेक, राज र महेश यस अघि सम्मेलन आयोजक समितिमा रहनुभएको थियो भने सुवास र राजकुमार नयाँ केन्द्रिय सदस्यको रुपमा चयन हुनुभएको नव निर्वाचित केन्द्रिय सदस्य महेश सीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्