राष्ट्रिय सभा सदस्य रोकायलाई युनियनद्वारा सम्मान

सोमबार, माघ २९, २०८०

रुकुम पश्चिम । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायलाई रुकुम पश्चिममा बधाई ज्ञापन तथा सम्मान प्रदान गरिएको छ । 

नेपाल प्रेस युनियन रुकुम पश्चिम र नेपाल निजामति कर्मचारी युनियन रुकुम पश्चिमद्वारा आईतबार मुसिकोटमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभा सदस्य रोकायलाई बधाई  तथा सम्मान गरिएको हो । 

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पत्रकार तथा निजामती कर्मचारीको हक हित, नीति नियम निर्माणका लागि पहल गर्ने प्रतिबद्वता गर्नु भएको छ । उहाँले संबिधानको रक्षा गर्दै  रुकुमको समृद्धि  र बिकासको लागि अगाडि बढ्ने बताउनुभयो ।

अहिले चारैतिरबाट संबिधानमा प्रहार भईरहेकोले यसको रक्षाको लागि आफू सधै लागि पर्ने उहाँको भनाई छ । आफू माथि रुकुमेली जनताहरूको ठुलो आशा अपेक्षा रहेकोले त्यसलाई निराश हुन नदिने रोकायले प्रतिबद्धता जनाउनुभयो ।  

उक्त कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति हर्कसिंह खत्री, सचिव परमेश्वर भण्डारी, सह सचिव यज्ञ बहादुर बिष्ट, मुसिकाेट नगरपालिका वडा नम्वर १ का  वडाध्यक्ष  ज्ञानुचन्द्र चन्द, वडा नम्वर २ का वडाध्यक्ष दिनेश खड्का, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य गोपाल शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रवीर ददेल, जिल्ला अध्यक्ष सुमित्रा केसी, नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष देवबहादुर ओली लगायतको आतिथ्यता रहेको थियो । - करण बि.क.

761e25b7-8a1c-49c4-85a0-0850fc25bff81707710529.jpg

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्