सिस्नेमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, दश विद्यालयको सहभागिता

आइतबार, माघ २१, २०८०

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा पाँचौ राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । 

आज आईतबार गाउँपालिकाको वडा नम्बर ३ स्थित जनता माध्यमिक विद्यालय पोखराको खेल मैदानमा शिल्ड उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभाका सदस्य  सुरुल पुनले पानसमा बत्ती बालेर गर्नु भएको थियो । 

सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित रनिङ शिल्ड प्रतियोगिता आजदेखी आगामी २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। विभिन्न बिधामा सन्चालन हुने प्रतियोगिताहरु आज देखि नै खेलाईएको सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिङ बुढाले बताउनुभयो । 

cf864b94-daaa-4d8a-a68b-1dd7056d474b1707059296.jpeg

आज प्रतियोगिताको पहिलो दिन तीन हजार मिटरको छात्रछात्रा दौड प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगितातर्फ छात्र, छात्रा भलिबल, एथलेटिक्सतर्फ एक सय, दुइ सय, चार सय, आठ सय, एक  हजार पाँच सय र तीन हजार मिटर दौड, ज्याबलिङ थ्रो, सट्फुट प्रतियोगिता सन्चालन गरिने छ । प्रतियोगितामा गाउँपालिका भित्रका १० वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेको छ ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा रहेको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सभा सदस्य सुरुल पुनको प्रमुख आतिथ्यता रहेको थियो भने लुम्बिनी प्रदेश सभा सदस्यहरु दिलकुमारी बुढा  र जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख मोहन केसी, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, भुमे गाउँपालिका उपाध्यक्ष सबिना बुढा, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राननीतिक दलका प्रतिनिधीहरु, जिल्लास्थित विभिन्न सरकारी निकायका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन जनता मावि पोखराका प्रधानाध्यापक कलु खड्काले गर्नुभएको थियो ।

53de2a21-d441-4185-904b-cea7703514421707059295.jpeg

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्