२२ स्वर्णसहित मुसिकोटलाई रनिङ शिल्डको उपाधि

आइतबार, माघ २१, २०८०

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –३ को बेलटापुमा सम्पन्न १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड मुसिकोट नगरपालिकाको हातमा परेको छ ।

मुसिकोटले २२ वटा स्वर्ण पदक सहित शिल्ड जितेको आयोजक जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमले जनाएको छ । समितिका प्रमुख लिलाप्रसाद ढकालका अनुसार ५४ वटा इभेन्टमा भएको प्रतिस्पर्धामा मुसिकोटले २२ स्वर्णका साथमा नौ रजत र सात कांस्य पदक सहित कुल ३८ पदक जितेको छ । 

शिल्डमा १० स्वर्णका साथ ६ रजत र तीन कांस्य गरी कुल १९ पदक जितेर चौरजहारी नगरपालिकाले दोस्रो स्थान प्राप्त गरेको । त्यसैगरी आठविसकोट नगरपालिकाले आठ स्वर्ण, २१ रजत र सात कांस्य पदक सहित तेस्रो स्थान जितेको छ ।

सानीभेरी गाउँपालिकाले आठ स्वर्णसँगै १२ रजत र १४ कांस्य गरी कुल २३४ पदक हात पारेको छ । ढकालका अनुसार बाँफिकोट गाउँपालिका ६ स्वर्ण, दुई रजत र तीन कांस्य सहित कुल ११ पदकका साथ पाँचौँ र त्रिवेणी गाउँपालिका तीन रजत र चार कांस्य सहित सात पदकका साथ छैटौँ भएको छ ।

यो वर्ष जिल्लाका सबै स्थानीय तहले पालिका स्तरीय शिल्ड सम्पन्न गरेपछि जिल्ला स्तरीय शिल्ड माघ १६ गतेदेखि सुरु भएको थियो । 

shild natija1707012487.jpg

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्