नेभिगेशन
राजनीति

महासचिव बिप्लव र प्रवक्ता प्रकाण्ड रुकुममा राहत वितरण र अस्थायी आवास निर्माण गर्दै

रुकुम पश्चिम । रुकुम पश्चिमको भूकम्प प्रभावितस्थलमा शनिबार आईपुग्नु भएका नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का महासचिव नेत्र बिक्रम चन्द 'बिप्लव' आईतबार भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माण जुट्नु भएको छ। 

आठविसकोट नगरपालिका ११, १३ र १४ का भूकम्प पीडित तथा परिवारहरुसँग भेटघाट गरेर आज उहाँले वडा नम्वर १४ को छेपारेमा अस्थायी आवास निर्माण कार्यमा सहभागी हुनुभएको हो । 

नेकपाका रुकुम पश्चिम ईन्चार्ज चन्द्र बुढाका अनुसार महासचिव विप्लव र प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) सहितको टोलीले भूकम्प पीडितको अस्थायी आवास निर्माणमा श्रमदान गरेको हो । 

उक्त टोलीले आज छेपारे गाउँका मान बहादुर मल्लको घर निर्माणमा श्रमदान गरेको हो । मल्लको १२ वर्षिया छोरीले भूकम्पमा परेर ज्यान गुमाउनुभएको थियो । 

त्यसैगरी महासचिवको टोलीले आजै सानीभेरी गाउँपालिकामा ३ मा राहत समाग्री उपलब्ध गराएको छ । भूकम्प प्रभावितहरुको लागि करिब तीन लाख बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको जिल्ला ईन्चार्ज बुढाले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

ओली वंशहरु रुकुममा एकजुट