रुकुम पश्चिममा आठ जना खेलाडी सम्मानित

बुधबार, असार २०, २०८०

रुकुम पश्चिम । जिल्ला खेलकुद बिकास समिति रुकुम पश्चिमले आठ जना खेलाडिहरुलाई सम्मान गरेको छ । 

समितिका कार्यालय सचिव लिला प्रसाद ढकालले दिनुभएको जानकारी अनुसार नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भई विभिन्न स्थान ल्याउन सफल पाँच जना र १३ औं केन्द्र स्तरीय रनिङ शिल्डमा सहभागि भई विभिन्न स्थान ल्याउन सफल तीन जनालाई बुधबार खेलाडि कार्यक्रम आयोजना गरेर सम्मान गरिएको हो । 

ढकालका अनुसार नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भई विभिन्न स्थान ल्याउन सफल हिरा आचार्य, इला खत्री, महेन्द्र बुढाथोकी, जनक बुढा मगर र कमला बि. क.लाई सम्मान गरिएको हो । 

त्यसैगरी १३ औं केन्द्र स्तरीय रनिङ शिल्डमा सहभागि भई  विभिन्न स्थान ल्याउन सफल पहल गहतराज, शर्मिला परियार र धिरेन्द्र बि. क.लाई सम्मान गरिएको हो । 

खेलाडिहरुलाई प्रमाण पत्र, दोसल्ला र अबिर लगाएर सम्मान गरिएको हो । 

जिल्ला खेलकुद विकास समितिका कार्यवहाक अध्यक्ष गोविन्द ओलीको अध्यक्षतामा भएको खेलाडि सम्मान कार्यक्रम प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, जिल्ला खेलकुद विकास समितिका सदस्य धनमाया बोहरा, जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष डम्बर थापा लगायतको आथित्यता रहेको थियो ।

खेलाडीहरुको सम्मान र उच्च मनोवलका लागि हौसला प्रदान गर्न सम्मान कार्यक्रम आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २१:४५
प्रतिक्रिया दिनुहोस्