रोजगारीका लागि भारत गएका सल्यानका चार जनाको मृत्यु
भारतमा रोजगारीका सिलसिलामा गएका सल्यानका चार जनाको गाडी दुर्घटनामा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मंगलबार, भदौ ३१, २०८२
तलब कटाएर मृतकका परिवारलाई दश लाख दिने प्रहरीको निर्णय
नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार, भदौ ३०, २०८२
विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर पोस्ट नगर्न शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ । सोमबार, भदौ ३०, २०८२
सरकारले जेनजी स्मारक पार्क बनाउने
सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने भएको छ । सोमबार, भदौ ३०, २०८२
असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय
जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । सोमबार, भदौ ३०, २०८२
चौरजहारीमा विविध कार्यक्रमका साथ मनाईयो बाल दिवस
रुकुम पश्चिमको चौरजहारीमा विविध कार्यक्रमका गरेर ६१औं राष्ट्रिय बाल दिवस मनाईएको छ । आइतबार, भदौ २९, २०८२
शीतल क्याम्पसको सभा बोलाउन विद्यार्थीको माग
रुकुम पश्चिमको चौरजहारीमा रहेको शीतल क्याम्पसमा क्याम्पस सभा सदस्य आवेदन प्रक्रिया खुलाउन माग गरिएको छ । आइतबार, भदौ २९, २०८२
सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा गर्नुभएको छ । आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्रीमा सुशीला कार्की, तीन सदस्यीय मन्त्रिपरिषद् आजै गठन हुने
राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको छ । शुक्रबार, भदौ २७, २०८२


