नेभिगेशन
राजनीति

रुपान्तरण र समृद्धिका लागि मेरो उम्मेदवारी : राजु केसी

नेपाली कांग्रेस रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएका युवा नेता राजु केसीले परिवर्तित घटनाक्रमको माग, रुपान्तरण र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिनुभएको छ । 

उम्मेदवारी दर्तापछि मूलपाटी अनलाईनसँग कुराकानी गर्नुहुँदै केसीले जेनजी आन्दोलनले मुलुकमा सुशासनको माग गरेको उक्त पुस्ताको आवाज सम्बोधनका लागि पनि आफ्नो उम्मेवारी रहेको बताउनुभयो । 

कांग्रेसले बिशेष महाधिवेशनबाट आन्दोलनको मर्म अनुसारको नेतृत्व चयन गरेर नयाँ उर्जा र सन्देश दिएको बताउनुहुँदै केसीले वर्तमानको मागलाई न्याय दिन आफू कांग्रेसबाट चुनावमा अघि सरेको उल्लेख गर्नुभयो । 

आफ्नो उम्मेदवारीमा जिल्लामा अगुवा नेता, कार्यकर्ताहरुमा समेत खुशी छाएको र आम जिल्लावासीको समर्थन रहेको उहाँको दाबी छ । 

भ्रष्टाचार न्युनिकरण, स्वरोजगार र आर्थिक सबलिकरणका लागि आफुले काम गर्ने उहाँको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति