नेभिगेशन
राजनीति

देशमा असल नेतृत्वको अभाव पुरा गर्न मेरो उम्मेदवारी : रास्वपा सभापति शाही

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति मानबहादुर शाहीले देशले असल नेतृत्वको अभाव झेलिरहेकोले उक्त अभाव पुरा गर्न आफू अगाडी सरेको बताउनुभएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि रुकुम पश्चिमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनुभएका शाहीले जिल्ला र मुलुकको नेतृत्वको अभाव पुरा गर्न मेरो आफूले उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभयो । 

रुकुमेली जनताहरु सचेत र शिक्षित भएकोले अन्नयाको बिरुद्ध विद्रोहको आवाज उठाउन थालेको उहाँको भनाई छ । 

अहिले देशभर परिवर्तन र सुशासनको लहर चलिरहेको बेला रास्वपाले त्यसको नेतृत्व गरिरहेको र रुकुम पश्चिमबाट पनि आफुले सहि नेतृत्व गर्ने सभापति शाहीले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति