नेभिगेशन
अर्थ/वाणिज्य

वाणिज्य बैंकद्वारा मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता

रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 

राष्ट्रिय वाणिज्य बैंकको ६१औ बार्षिकोत्सवको अवसरमा बैंकको मुसिकोट शाखाले क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

शाखा प्रबन्धक हेमन्तराज न्यौपानेका अनुसार क्याम्पसका ६० जना विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको छ ।

कार्यक्रममा बचत गर्ने बानिको विकास कसरी गर्ने, बैंकिङ्ग पहुँचमा कसरी जोडिने, ऋण लिने प्रक्रियाहरु, खाता खोल्ने प्रक्रिया, डिजिटल जोखिम तथा वित्तीय अपराध, कालो सूचिमा परेमा के हुन्छ, वित्तीय अनुशासन कसरी कायम गर्ने लगायतका बिषयमा सहजीकरण गरिएको छ । 

कार्यक्रमको सहजीकरण शाखा प्रबन्धक न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख डम्बरबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । 

6f7fe279-ec0a-415c-9709-609546ad2d7c-1769010706.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य