नेभिगेशन
खेल

चौरजहारी १ मा तेस्रो वडा कप सञ्चालन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१ बर्माथानमा तेस्रो चौरजहारी १ नम्वर वडा कप, २०८३ सुरु भएको छ । 

वडा कप अन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच वडा नम्वर १ का वडा अध्यक्ष ईन्द्रे गिरीले उद्घाटन गर्नुभएको छ । 

वडा कप आयोजक समितिका सचिव गणेश बि.क.का अनुसार प्रतियोगितामा २१ टिमले सहभागिता जनाएका छन् । तीन वर्षअघि बाट दसैं तिहारको अवसरमा सञ्चालन गर्दै आईरहेको यो प्रतियोगितालाई यो वर्ष पनि निरन्तरता दिएको सचिव बि.क.ले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने समुहलाई नगद ५० हजार, दोस्रो हुने समुहलाई ३० हजार र सान्त्वना हुने समुहलाई २० हजार पुरस्कारको व्यवस्था गरिएको छ । 

स्थानीय खेल प्रतिभाहरुको प्रष्फुटन, खेल क्षेत्रको समग्र विकास तथा दसै तिहारको शुभकामना आदान प्रदान गर्ने उद्धेश्यले प्रतियोगिता सञ्चालन गरेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिता सञ्चालनका लागि विभिन्न व्यक्ति तथा निकायले सहयोग गरेका छन् । 

WhatsApp-Image-2026-11-01-at-6.39.10-PM-1793542955.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्