नेभिगेशन
घटना/दुर्घटना

ट्रकको ठक्करले मोटरसाइकल चालकको ज्यान गयो, दुई जना घाइते

दाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ बाघढड्डीमा गएराति १ः३५ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदाँ दुर्घटना भएको हो ।

घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका–६ भगवानपुर निवासी ३० वर्षीय प्रबिन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि भालुवाङ अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार राप्ती गाउँपालिका–३ मसुरिया निवासी १६ वर्षीया निसु चौधरी र १९ वर्षीया करिना चौधरी घाइते हुनुभएको छ । भालुवाङ अस्पतालमा प्रारम्भिक उपचारपछि घाइतेलाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले ट्रक र चालक पश्चिम नवलरासी रामग्राम नगरपालिका–११ रानीपाकड निवासी ३४ वर्षीय राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना