नेभिगेशन
समाज

सानीभेरीमा अपाङ्गता भएका व्यक्तिहरुका सवालमा बहस

रुकुम पश्चिमको सानीभेरी गाँउपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका सवालमा सरोकारवालाहरु बिच अन्तरक्रिया गरिएको छ । 

सानीभेरी गाउँपालिकाको आयोजना तथा फेल्म नेपालको सहयोगमा परिलक्षित सस्थाद्वारा संचालित अपाङ्गता भएका व्यक्तिहरुको लागि समाबेशी शिक्षा र सशक्तिकरण परियोजना अन्तर्गत उक्त कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका विभिन्न सवालमा सरोकारवाला निकाय बीच अन्तरक्रिया गरिएको थियो । 

उक्त कार्य कार्यक्रममा परिलक्षित संस्थाका फिल्ड परियोजना अधिकृत राजु लामिछानेले संस्थाले हालसम्म सानीभेरी गाउँपालिका गरेका क्रियाकलापको जानकारी गराउनु भएको थियो । त्यसैगरी गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख लिला शर्माले सानीभेरी गाउपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि गरेका गतिबिधिहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले पालिकाबाट हाल १६३ जना अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरु विभेदमा परेको, अपाङ्गतामैत्री भौतिक संरचनाको अभाव, यातायातमा छुट नपाउनु, नीतिगत व्यवस्थाको कमी, जनचेतनाको कमी, अपाङ्गता भएका व्यक्तिहरुको लागि मोबाइल बैंकिंगको समस्या तथा पालिका र अपाङ्गता भएका व्यक्तिहरु बीच समन्वय र सहकार्यको कमि जस्ता सवालहरु उठान भएका थिए ।

उल्लेखित सवालहरु समाधान गर्न नीतिगत सुधार मात्र होइन ब्यबहार, भौतिक सुधार, जनचेतना जस्ता कार्यक्रम सबै सरोकारवाला निकाय मिलेर अघि बढ्ने समेत निर्णय भएको छ । 

सानीभेरी गाउँपालिकाको उपाध्यक्ष कमला रोका पुनको अध्यक्षता तथा सानीभेरी गाउपालिकाका अध्यक्ष बिर्खबहादुर बिस्टको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्ति, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, जन प्रतिनिधि, विभिन्न विद्याल्यका प्रधानाध्यापकहरु, नेपाल प्रहरी लगयत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानबिर ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज