नेभिगेशन
समाज

रुकुम पश्चिममा अपाङ्गता भएका व्यक्तिका लागि विपद् व्यवस्थापन र मनोपरामर्श तालिम सुरु

रुकुम पश्चिममा अपाङ्गता भएका व्यक्तिहरूको विपद् जोखिम न्यूनीकरण क्षमता अभिवृद्धि तथा मनोसामाजिक समस्या समाधानमा सहयोग पुर्‍याउने उद्देश्यले विपद् व्यवस्थापन तथा आधारभूत मनोपरामर्श तालिम सुरु भएको छ।

फेल्म नेपालको सहयोगमा परिलक्षित संस्थाद्वारा सञ्चालित ‘अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षा र सशक्तीकरण परियोजना’ अन्तर्गत आयोजित तालिम आइतबारदेखि मुसिकोट नगरपालिका–५ स्थित होटल श्रीमा सुरु भएको हो।

एक दिन विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण र पाँच दिन आधारभूत मनोपरामर्शसम्बन्धी विषयमा तालिम केन्द्रित हुने परिलक्षित संस्थाका कार्यक्रम अधिकृत राज्ु लामिछानेले जानकारी दिनुभयो । तालिममा परियोजना लागू भएका जाजरकोटको कुशे गाउँपालिका तथा रुकुम पश्चिमका सानीभेरी र बाँफिकोट गाउँपालिकाका ११ वटा समूहमा आबद्ध २२ जना अपाङ्गता भएका व्यक्तिहरू सहभागी छन्।

तालिमको पहिलो दिन नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाका सभापति बलवीर पुनले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसम्बन्धी विषयमा सहजीकरण गर्ने कार्यक्रम छ। दोस्रो दिनदेखि पाँच दिनसम्म मनोपरामर्शसम्बन्धी तालिम विष्णुप्रसाद प्रजापतिले सहजीकरण गर्नुहुनेछ।

7689367d-807e-4d10-bffc-6372ef1d070a-1792910280.jpgअपाङ्गता भएका व्यक्तिहरूमा देखिन सक्ने मनोसामाजिक समस्याको पहिचान तथा समाधानमा सहयोग पुर्‍याउनुका साथै उनीहरूको दैनिक जीवनयापन सहज बनाउने र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्य तालिमले आयोजना गरिएको परियोजनाका अधिकृत लामिछानेले बताउन्भयो । तालिमबाट प्राप्त ज्ञान र सीपलाई सहभागीहरूले दैनिक जीवनमा व्यवहारमा उतार्ने विश्वास आयोजक संस्थाले लिएको छ।

तालिमको उद्घाटन कार्यक्रम परिलक्षित संस्थाका कार्यक्रम अधिकृत राजु लामिछानेको अध्यक्षता तथा बाँफिकोट गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विवेककुमार शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन परियोजनाका सामाजिक परिचालक उर्मिला केसी शाहले गर्नुभएको थियो।

परिलक्षित संस्थाले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, सशक्तीकरण तथा आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले यस्ता कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, आत्मनिर्भरता र सामाजिक सहभागिता अभिवृद्धिमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

63728745-0032-41f7-ae30-b5ca4f5e3b1e-1792910281.jpg

5a4d011f-da29-4b98-a604-95dcf068f61c-1792910279.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज