नेभिगेशन
समाज

रुकुमका पाँच वर्षीय बालक लखनउको अस्पताल बेडमा, छोरालाई बचाउन परिवारको याचना 

यतिबेला नेपालीहरुको महान् चाडपर्वहरुको कारण गाउँघर रमाईलो बनेका छन् । घरबाहिर रहेका अधिकांश मानिसहरु चाडपर्वको उमंगसँगै घर फर्किरहेका छन् । तर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका –१०, लाम्पटाका भद्रबहादुर ओलीको परिवारजनमा नसोचेकै समस्या आईपरेपछि भारतको अस्पतालमा समय बितिरहेको छ । उहाँका पाँच वर्षीय छोरा बिराट ओली गम्भिर बिरामी भएपछि लखनउस्थित एक अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । 

अस्पतालका अनुसार बिराटलाई श्वासप्रश्वास सम्बन्धी गम्भिर समस्या रहेको छ । मेडिकल रिपोर्ट अनुसार लेप्टोस्पाइरा (Leptospira) संक्रमण पोजिटिभ, इन्फ्लुएन्जा बी (Influenza B) पोजिटिभ र गम्भीर श्वासप्रश्वास समस्या अर्थात् ARDSI देखिएको छ । संक्रमणका कारण शरीरका विभिन्न अंगमा असर परेको छ । 

सुरुमा बिराटलाई नेपालका विभिन्न अस्पतालहरूमा उपचारका लिईएको थियो । डाक्टरले भारतमा लिएपछि उपचार सम्भव हुने बताएपछि बिरामी बालकलाई बचाउन भारतको लखनउस्थित अस्पतालमा पुर्याईएको छ । 

बिराटका ठुलो बुवा भिमराज ओलीका अनुसार अहिले दैनिक एक लाख ५० हजार रुपियाँ उपचारको क्रममा खर्च भईरहेको छ । सानो छोरालाई बचाउनको लागि ओली परिवारले भएको सबै सम्पत्ती बेचबिखन गर्दा पनि खर्च धान्न नसकिने अवस्था रहेको छ । 

नाबालक बिराटलाई बचाउन सम्पूर्ण मनकारी दाजुभाई तथा दिदिबहिनीहरुको सहयोगको लागि परिवारजनले याचना गर्नुभएको छ । उपचारको लागि भईरहेको आर्थिक समस्यालाई मध्यनजर गर्दै बिराटलाई बचाउनको लागि सम्पूर्ण सहयोगी मनहरू समक्ष आर्थिक सहयोगका लागि अपिल गरिएको छ ।

परिवारजनले बिराटको लागि गरिएको अमूल्य सहयोगबाट बिराटलाई बचाउ सकिने आशा बोकेको हुनाले सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगी भावना, मानवता र उदार मनको लागि अनुरोध गर्दछौ । बिराटको उपचारमा सहयोग गर्नुहुने महानुभावहरुले यहाँ उल्लेख गरिएको बैंकको खातामा क्युआर मार्फत अथवा खाता नम्वरमा सहयोग गरिदिन अनुरोध गरिएको छ । 

Bhim--Bank-account-1791958710.jpg
Name : BHIM RAJ OLI

Account no.: 01420503120

Bank Name : Siddharth Bank, Rukum Musikot.

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज