नेभिगेशन
घटना/दुर्घटना

सानीभेरीको फल्लेबगरमा जिप दुर्घटना, तीन जना घाईते

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका २ फल्लेबगरमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर तीन जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार आज (बुधवार) बेलुकाको समयमा मध्यपहाडी राजमार्गमा चौरजहारी देखि सिम्लीतर्फ आउँदै गरेको ०२००१ च ००७१ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । जिप अनियन्त्रित भई सडकको बाँयातर्फ करिब २० मिटर तल खस्दा चालकसहित तीन जना घाईते भएका छन् । 

दुर्घटनामा परेर बाँफिकोट गाउँपालिका ७ निवासी ३५ वर्षीय चालक मदन केसी, मुसिकोट नगरपालिका ६ बस्ने १६ वर्षीय सुगम बुढा र सोही गाउँका १६ वर्षिय संगित बुढा घाईते भएको प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो । घाईते मध्य चालक केसीको टाउको चोट रहेकाे छ भने अन्य दुई जनाको अवस्थ सामान्य रहेको छ । 

दुर्घटनाको सूचना लगत्तै प्रहरी चौकी पूर्तिमकाँडाबाट गएको प्रहरी टोलीले घाईतेहरुको उद्धार गरेर उपचारको लागि चौरजहारी अस्पताल पठाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना