नेभिगेशन
घटना/दुर्घटना

बाढीमा बेपत्ता रुकुमका प्रहरी जवानको दुई महिनापछि कुशको शव बनाएर अन्त्येष्टि

भोटेकोशीमा आएको भीषण बाढीमा परी दुई महिनादेखि बेपत्ता रहेका प्रहरी जवान मिलन श्रेष्ठको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ ।

भूमे गाउँपालिका–३ झुम्लाबाङका २३ वर्षीय श्रेष्ठ रसुवागढी प्रहरी चौकीमा कार्यरत थिए । करिब एक वर्षदेखि त्यहाँ कार्यरत उनी गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका थिए ।

बाढीपछि परिवारले उनको खोजी जारी राखे पनि दुई महिनासम्म अवस्था पत्ता लाग्न सकेन ।

लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी नपाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना