नेभिगेशन
घटना/दुर्घटना

रुकुमको चौरजहारीमा क्षमता भन्दाबढी यात्रु बोकेको जिप दुर्घटना

रुकुम पश्चिममा यात्रुवहाक जिप दुर्घटना भएको छ । बुधबार बिहान जिल्लाको चौरजहारी नगरपालिका ७ मेलैनाउलीमा यात्रुवहाक जिप दुर्घटना भएको हो ।

स्थानीय युवा सुरज आरसीले दिनुभएको जानकारी अनुसार दुर्घटनामा परेर दुई जना यात्रु घाईते भएका छन् । चौरजहारी नगरपालिका १२ को जोगिनेटाबाट चौरजहारी बजारतर्फ जाँदै गरेको लु १ ज १६८२ नम्वरको जीप दुर्घटना भएको हो । 

स्थानीयले क्षताभन्दा बढी यात्रु बोकेको उक्त जिप अनियन्त्रित भएर मेलैनाउली बजारको नालामा दुर्घटना भएको बताएका छन् । उनीहरुका अनुसार जीपको छतमा समेत बसेका यात्रुहरु हाम्फालेर जोगिएका छन् । 

दुर्घटनामा घाईते भएका दुई जनालाई भने चौरजहारी अस्पताल लिईएको छ । यात्रुहरु पुरन केसी र रामबहादुर केसीलाई चौरजहारी अस्पताल लिईएको छ भने अन्य घाईतेहरुको अवस्था सामान्य रहेको छ । 

दुर्घटनामा परेको जीप क्षतिग्रष्त भएको छ । अनियन्त्रित भएको जीपको ब्रेकले काम नगरेपछि चालकले मेलैनाउली बजारको भित्तातर्फको भागमा लिएर ठुलो दुर्घटना हुनबाट जोगाएको स्थानीय व्यवसायी खिमानन्द भण्डारीले जानकारी दिनुभयो । घटनाको पुरा विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना