नेभिगेशन
घटना/दुर्घटना

सानीभेरीको कोेटगाउँबाट सिम्ली आउँदै गरेको जीप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

रुकुम पश्चिममा यात्रुबहाक जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

आज बिहान सानीभेरी गाउँपालिका ६ को कोटगाउँबाट पालिकाको केन्द्र सिम्ली हुँदै जिल्ला सदरमुकाम खलंगाको लागि आउँदै गरेको लु १ च ६०२९ नम्वरको बोलेरो वडा नम्वर ३ र ६ को सिमाना डाङडुगेमा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जीपमा ११ जना सवार रहेको स्थानीयले बताएका छन् । अन्य नौ जना घाईते रहेका छन् । 

घाईते मध्य चार जनाको अवस्था गम्भिर रहेको छ । सानीभेरी गाउँपालिकाले घाईतेहरुको तत्काल उद्धारको लागि हेलिकोप्टरको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । 

मृतक र घाईतको पहिचान खुलेको छैन । घटनास्थलमा डिएसपी पौडेलको नेतृत्वको प्रहरी टोली गएको छ । घटनाको थप विवरण आउँन बाँकि रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना