नेभिगेशन
खेल

ट्याखोला गोल्ड कपको पाँचौँ संस्करण हुँदै 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर ४, ६ र ११ को संगमस्थल ट्याखोला खेल मैदानमा पाँचौँ ट्याखोला गोल्ड कप महिला पुरुष फुटबल प्रतियोेगिता हुने भएको छ । 

यहि कार्तिक १५ गतेबाट फुटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । आयोजक ट्याखोला खेलकुद संघका अध्यक्ष मनोज बुढाथोकीका अनुसार पाँचौँ संस्करणको मिति तय गरिएको छ । यस वर्ष पनि महिला तथा पुरुष दुवै तर्फको प्रतिस्पर्धा राखिएको छ । पुरुष तर्फको विजेताले नगद ८० हजार र उप विजेताले ४० हजार पुरस्कार पाउने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । 

महिला तर्फ भने विजेता पुरस्कार २० हजार र उप विजेता पुरस्कार १० हजार राखिएको छ । पुरुष तर्फ दर्ता शुल्क ७ हजार र महिला तर्फ १५ सय तोकिएको छ । साथै पुरुष तथा महिला तर्फ कार्डको १ हजार रुपैयाँ जम्मा गर्नुपर्ने सङ्घले जनाएको छ ।

त्यस्तै दुवै इभेन्टमा व्यक्तिगत विधामा खेलाडी पुरस्कृत गरिने छ । वेस्ट डिफेन्डर, वेस्ट मिडफिल्डर, वेस्ट फरवार्ड, वेस्ट गोल किपर, वेस्ट वेस्ट कोच तथा म्यानेजरलाई पुरस्कृत गरिने छ भने एउटा टिमलाई फेयर प्ले अवार्ड समेत प्रदान गरिने आयोजकले जानकारी गराएको छ । 

प्रतियोगितामा सहभागिताका लागि कार्तिक १३ गतेसम्म टिम दर्ता गराउन सकिने छ । जिल्लामा बर्सेनि पुरुष तर्फको फुटबल आयोजना हुने भए पनि महिला तर्फ भने निकै कम मात्र प्रतियोगिता हुने गरेका छन् । तर ट्याखोला खेलकुद सङ्घले भने बर्सेनि महिला तर्फको फुटबल समेत आयोजना गर्ने गरेको छ । 

जिल्लामा महिला तथा पुरुष फुटबलको विकासका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष बुढाथोकीको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्