नेभिगेशन
राजनीति

कांग्रेस रुकुम पश्चिमको प्रदेश प्रतिनिधि र कार्य समिति विवरण करिब दुई महिनापछि सार्वजनिक

नेपाली कांग्रेस रुकुम पश्चिमले १५औ महाधिवेशन अन्तर्गत सम्पन्न गरेको प्रदेश प्रतिनिधि र कार्य समिति विवरण करिब दुई महिनापछि सार्वजनिक भएको छ । 

गत असोजमा १२ मा सम्पन्न भएको प्रदेश प्रतिनिधि र प्रदेश क्षेत्रिय कार्यसमितिको विवरण हाल सार्वजनिक गरिएको हो । नेपाली कांग्रेस रुकुम पश्चिमको आठौ जिल्ला अधिवेशन अन्तर्गत मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको विवरणमा प्रदेश प्रतिनिधि र कार्यसमितिको विवरण सहमतिको आधारमा चयन भएको उल्लेख गरिएको छ । 

मूलपाटीलाई प्राप्त विवरण अनुसार प्रदेश निर्वाचन क्षेत्र ‘क’ अन्तर्गत २७ जना प्रदेश प्रतिनिधि चयन भएका छन् । प्रदेश प्रतिनिधिमा खुल्लातर्फ तारक बहादुर शाही, शम्भु प्रसाद शर्मा, कमल कुमार शाही, केशव खड्का, टिकाराम खत्री, राम बहादुर चन्द, टेकबहादुर बस्नेत, चक्र बहादुर कुसारी, दशरथ केसी र लक्ष्मण शर्मा, खुल्ला महिलातर्फ कविता बोहोरा र हिरा गहतराज चयन हुनुभएको छ । 

त्यसैगरी पेशागततर्फ विकाश केसी, युवा महिलामा कमला मल्ल र युवा खुल्लामा अनिषेस केसी, अपांगतातर्फ राजविर चन्द, श्रमिकतर्फ टेक बहादुर विसी, द्वन्द्व प्रभाविततर्फ उत्तम कुमार गौतम, सहिद परिवारतर्फ तेजेन्द्र बटाला, प्रजातान्त्रिक सेनानीतर्फ भीम बहादुर खड्का, दलिततर्फ टेकबहादुर विंक र कमला विक, अल्पसंख्यकतर्फ जनक बहादुर बटाला, आदिवासी जनजातीतर्पm कमल पुन चयन हुनुभएको छ ।  

यसैगरी खसआर्य पुरुषतर्फ समिरजंग मल्ल, ज्ञानुचन्द्र चन्द, पृथी बहादुर गिरी र टोपबहादुर खड्का चयन हुनुभएको छ भने खसआर्यको महिला तर्फ लालकुमारी खड्कालाई प्रतिनिधि चयन गरिएको छ । 

प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट २८ जना प्रतिनिधि चयन

प्रदेश निर्वाचन क्षेत्र ‘ख’ अन्तर्गत २८ जना प्रतिनिधि चयन गरिएको छ । 

प्रदेश प्रतिनिधिको खुल्ला महिलातर्फ सुशिला खड्का र बासना गिरी चयन हुनुभएको छ भने खुल्ला तर्फ प्रेम बहादुर ओली, नरजंग ओली, तुलवीर ओली, दलबहादुर खत्री, मनोजकुमार बुढाथोकी, महेश ओली, हेमराज ओली, लक्ष्मण केसी, नवराज गिरी, नरेन्द्र मल्ल र रेशम खड्का चयन हुनुभएको छ ।  

त्यसैगरी पेशागततर्फ दिवस पोखरेल, युवा महिलातर्फ नैना खड्का, युवा खुल्लातर्फ सन्देश ओली, अपांगतातर्फ एन. वली, श्रमिकतर्फ लक्ष्मण ओली, द्वन्द्व प्रभावितबाट कर्णबहादुुर ओली र सन्तोष रोकाया, प्रजातान्त्रिक सेनानीतर्फ भीमबहादुर डाँगी, दलिततर्फ तिलक बहादुर विक र लक्ष्मण सुनुवार, अल्पसंख्यक राजकुमार बादी र आदिवासी जनजातीतर्फ प्रकाश जिएम चयन हुनुभएको छ । 

यसैगरी खसआर्यतर्फ चन्द्र बहादुर कुसारी, जयप्रकाश बोहोरा, चित्र बुढाथोकी, लिलाबहादुर खड्का र खिमा चन्द्र मल्ल चयन हुनुभएको छ । 

प्रदेश कार्यसमिति पनि सहमतिमै चयन

जिल्ला निर्वाचन अधिकृत अधिवक्ता किशोर पौडेलले दुवै प्रदेश निर्वाचन क्षेत्रमा सहमतिको आधारमा कार्य समिति चयन गरिएको छ । 

प्रदेश सभा ‘क’ को सभापतिमा अमृत बोहरा, सचिवमा दिनेश खड्का, सहसचिवमा भागिराम बोहोरा, कोषाध्यक्षमा जयबहादुर थापा चयन हुनुभएको छ भने सदस्यहरुमा गोमा नेपाली र जयबहादुर थापा चयन हुनुभएको छ । दुई उपसभापितिको पद भने रिक्त रहेको छ ।  

यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा तुलसिराम बुढा, उपसभापतिमा केशव केसी, सचिवमा गोबर्धन ओली, सहसचिव प्रकाश डाँगी र दिपा डाँगी र कोषाध्यक्ष नरेन्द्र मल्ल चयन हुनुभएको छ ।

सदस्यहरुमा नरेन्द्र मल्ल र तुलविर ओली चयन हुनुभएको छ । महिलातर्फको उपसभापति पद भने रिक्त रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति