नेभिगेशन
राजनीति

कांग्रेस रुकुम पश्चिमबाट ३३ जना महाधिवेशन प्रतिनिधि र दुई क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत रुकुम पश्चिमबाट महाधिवेशन प्रतिनिधि र प्रदेश क्षेत्रीय सभापतिको टुंगो लागेको छ । 

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले महाधिवेशन प्रतिनिधि र प्रदेश क्षेत्रिय सभापति सर्वसम्मत भएको सूचना सार्वजनिक गरेको छ । जिल्ला निर्वाचन अधिकृत किशोर पौडेलका अनुसार ३३ जना महाधिवेशन प्रतिनिधि र दुई प्रदेश क्षेत्रिय सभापति सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

उहाँका अनुसार महाधिवेशन प्रतिनिधिमा खुल्ला महिलातर्फ मिठ्ठु मल्ल, सीता  ओली, लेखमाया केसी र बालकुमारी गिरी निर्वाचित हुनुभएको छ । त्यसैगरी खुल्ला पुरुषतर्फ प्रेम प्रकाश ओली, गोपालजी जंग शाह, कृष्ण बहादुर रोकाय, खड्कबहादुर डाँगी, महेन्द्र केसी, राजु केसी, डा. दिपक पुन, कालुराम खड्का (मोहबिर), कमल कुमार शाह र गोरखप्रसाद चन्द निर्वाचित हुनुभएको छ । 

पेशागततर्फ हरिचन्द्र शाह, युवा महिलातर्फ रेखा मल्ल, युवा खुल्लातर्फ लालबहादुर ओली र सुशिल खड्का, अपांगतातर्फ प्रेमबहादुर ओली र श्रमिकतर्फ जितेन्द्र बुढाथोकी निर्वाचित हुनुभएको छ । द्वन्द्व प्रभाविततर्फ धिरेन्द्र कुमार बटाला, दलिततर्फ यज्ञ बहादुर नेपाली, अल्पसंख्यकतर्फ बलवीर गोसाँई, आदीवासी जनजातीतर्फ जनकुमार बाँठा र श्रृष्टी बाँठामगर, दलित पुरुषतर्फ मानबहादुर नेपाली र महिलातर्फ आश्मादेवी गहतराज निर्वाचित हुनुभएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खस आर्यको पुरुषतर्फ कर्णबहादुर ओली, परमेश्वर भण्डारी, सुरतजंग मल्ल र हर्कसिं खत्री निर्वाचित हुनुभएको छ भने खसआर्यको महिलातर्फ दिपा पाण्डे र मनिषा रोकाय निर्वाचित हुनुभएको छ । 

त्यसैगरी प्रदेश सभा क को सभापतिमा अमृत बोहरा र प्रदेश सभा ख को सभापतिमा तुलसीराम बुढा निर्वाचित हुनुभएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति