नेभिगेशन
राजनीति

रुकुम पश्चिममा कांग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको निर्वाचन तालिका सार्वजनिक

आजै टुंगो लगाउने तयारी

नेपाली कांग्रेसको १५औ महाधिवेशन अन्तर्गत जिल्लाको प्रदेश सभा क्षेत्रिय कार्यसमिति, प्रदेश क्षेत्रीय प्रतिनिधी र केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । 

असोज ३ गतेबाट वडाबाट सुरु भएको महाधिवेन अन्तर्गतका कार्यक्रम अन्तर्गत ७ गतेबाट पालिका अधिवेशन सुरु भएका थिए । वडा र पालिका अधिवेशन सम्पन्न भएपछि केन्द्रिय कार्यतालिका अनुसार आजबाट प्रदेश सभा क्षेत्रिय कार्यसमिति, प्रदेश क्षेत्रीय प्रतिनिधी र केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचन सुरु भएको हो । 

जिल्ला निर्वाचन अधिकृत किशोर पौडेलका अनुसार आज दिउँसो १ बजेबाट निर्वाचनका कार्यक्रमहरु सुरु हुने गरी तालिका सार्वजनिक गरिएको छ । 

पार्टीका जिल्ला सभापति प्रेम प्रकाश ओलीका अनुसार वडा र पालिकामा जस्तै प्रदेश सभा क्षेत्रिय कार्यसमिति, प्रदेश क्षेत्रीय प्रतिनिधी र केन्द्रीय महाधिवेशन प्रतिनिधि सहमतिमै टुंगो लगाउने गरी छलफल भईरहेको छ । 

सबै पदहरुमा सहमतिमार्फत जिम्मेवारी प्रदान गर्ने कोशिस भईरहेको छ । सभापति ओलीले आजै प्रदेश सभा क्षेत्रिय कार्यसमिति प्रदेश निर्वाचन क्षेत्र 'क' र 'ख' , प्रदेश क्षेत्रीय प्रतिनिधी र केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुंगो लगाईने जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति