नेभिगेशन
राजनीति

रुकुमका छ वटै पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

रुकुम पश्चिमका छ वटै पालिकामा नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयन भएको छ । पार्टीको १५औ महाधिवेशन अन्तर्गत भदौ ७ गतेबाट सुरु भएको पालिका अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । 

नेपाली कांग्रेसका जिल्ला सभापति प्रेम प्रकाश ओलीका अनुसार जिल्लाका ७३ वटै वडामा सर्वसम्मत नयाँ नेतृत्व गरेर पालिकास्तरमा पनि निर्विरोध नेतृत्व चयन गरिएको हो । उहाँका अनुसार पार्टीमा एकता कायम राख्न जिल्लास्तरबाटै शिर्ष नेताहरु सम्मिलित पालिका अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो ।

अधिवेशनबाट बाँफिकोटको सभापतिमा देवबहादुर कुसारी, त्रिवेणीको सभापतिमा दिपेन्द्र कुमार ओली र सानीभेरीको सभापतिमा ईन्द्रबहादुर खड्कालाई सर्वसम्मत चयन गरिएको छ । 

त्यसैगरी मुसिकोटको नगर सभापतिमा डिल्लीरमण महत, चौरजहारीको नगर सभापतिमा गणेशमान डाँगी र आठबिसकोटको नगर सभापतिमा लालबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । 

वडा हुँदै पालिकाको नेतृत्व चयनपछि आजबाट नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत जिल्लाको प्रदेश सभा क्षेत्रिय कार्यसमिति प्रदेश 'क' र प्रदेश 'ख' का दुई वटा, प्रदेश क्षेत्रीय प्रतिनिधी निर्वाचन र केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि निर्वाचन कार्यक्रम सुरु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति