नेभिगेशन
राजनीति

रुकुममा प्रलोपाको बिस्तारित बैठक तथा प्रशिक्षण, जनार्दन र सन्तोषले सम्बोधन गर्नुहुने 

आज देखि रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) को बिस्तारित बैठक तथा प्रशिक्षण हुने भएको छ । 

आज बिहिबार बिहान ११ बजेदेखि मुसिकोट खलंगामा दुई दिनसम्म बिस्तारित बैठक तथा कार्यकर्ता प्रशिक्षण हुने पार्टीका प्रदेश कमिटी सदस्य एलबी कटुवालले जानकारी दिनुभयो । 

बैठक तथा प्रशिक्षण कार्यक्रमलाई पार्टीका संरक्षक जनार्दन शर्मा, केन्द्रिय अध्यक्ष सन्तोष परियार, केन्द्रिय सचिवालय सदस्य एवम् जिल्ला ईन्चार्ज गोरखबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँहरु जिल्लामा आईसक्नुभएको छ । 

कार्यक्रममा जिल्लास्तरिय नेता तथा कार्यकर्ताहरुका सहभागिता रहने बताईएको छ । बैठक चुनावको समिक्षा, संगठन बिस्तार, पार्टी रणनीति तथा योजना, परिवर्तित परिस्थितिमा पार्टीको भूमिका लगायतका बिषयमा केन्द्रित हुने छ । 

जिल्लाको बृहत्तर हितका बिषयमा केन्द्रित हुने बैठक तथा प्रशिक्षणपछि जिल्लालाई नयाँ उचाईमा पुर्याउन ठोस निर्णयमा पुगिने युवा नेता कटुवालले बताउनुभयो । परिवर्तित नयाँ परिस्थितिले मुलुक नयाँ परिवर्तनको दिशामा केन्द्रित भएकोले यस विस्तारित बैठकत तथा प्रशिक्षणलाई महत्वपूर्ण रुपमा लिईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्