नेभिगेशन
राजनीति

रुकुमको बाँफिकोट र त्रिवेणीमा कांग्रेसको निर्विरोध नेतृत्व चयन, चार पालिकामा सहमतिको प्रयास जारी

रुकुम पश्चिमका दुई पालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व सर्वसममत चयन भएको छ । 

बुधबार भएको पार्टीको पालिका अधिवेशनबाट बाँफिकोट र त्रिवेणी गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृतव चयन भएको हो । 

नेपाली कांग्रेसका जिल्ला उपसभापति हर्कसिं खत्रीका अनुसार बाँफिकोटको सभापतिमा देवबहादुर कुसारी सर्वसम्मत निर्वाचित हुनुभएको छ। कुसारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

नयाँ कार्यसमितिको उपसभापतिमा प्रकाश खत्री र टीका राना, सचिवमा सूर्यप्रकाश मल्ल तथा सहसचिवमा सीता जैसी चयन हुनुभएको छ । 

त्यसैगरी त्रिवेणी गाउँपालिकाको सभापतिमा दीपेन्द्र कुमार ओली सर्वसम्मत निर्वाचित हुनुभएको छ । गाउँपालिका अधिवेशनबाट ओलीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । ओली यसअघि पनि नेपाली कांग्रेस त्रिवेणी गाउँपालिकाको सभापति हुनुहुन्थ्यो ।

नयाँ कार्यसमितिको उपसभापतिमा दिनेश खड्का र रमिता चन्द, सचिवमा सन्तोष ओली तथा सहसचिवमा पूर्णबिराम ओली चयन हुनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला सभापति प्रेम प्रकाश ओलीका अनुसार जिल्लाका अन्य चार पालिकामा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । सबै पालिकामा सर्वसम्मत नेतृत्व चयनको लागि समन्वय तथा सहकार्य भईरहेको छ । अहिले पनि विभिन्न पदका आकांक्षिहरु बिच सहमतिको प्रयास जारी रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्