नेभिगेशन
राजनीति

कुमाखका ७ वटै वडामा काँग्रेसको नयाँ नेतृत्व चयन

  • मिशर कुमार आचार्य

नेपाली कांग्रेसको १५औँ  महाधिवेशन अन्तर्गत सल्यानकाे कुमाख गाउँपालिकाका ७ वटै वडाहरूमा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।

गाउँपालिकाका सबै वडाहरूमा उत्साहजनक सहभागिताका साथ नयाँ नेतृत्व र क्षेत्रीय प्रतिनिधिहरू चयन गरिएको हो। सम्पन्न अधिवेशनबाट वडा नम्बर १ मा झलक चन्द, वडा नम्बर २ मा डिल्ली बहादुर बुढाथोकी , वडा नम्बर ३ मा हरिराज राठौर, वडा नम्बर ४ मा यमराज आचार्य , वडा नं ५ मा चन्द्र बहादुर शाही,वडा नं ६ मा मित्र प्रसाद डाँगी र वडा नं ७ मा मुने डाँगी सर्वसम्मत रुपमा वडा सभापतिमा चयन हुनुभएको छ।

‎सबै वडाहरूमा नयाँ कार्यसमिति चयन भएसँगै कुमाख गाउँपालिकामा आगामी असोज ७ गते हुने गाउँपालिका अधिवेशनको तयारी तीव्र पारिएको स्थानीय निर्वाचन समितिका धन बहादुर रावतले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्