नेभिगेशन
खेल

चौरजहारीमा 'शीतल चौरजहारी बि-६७ कप' खेलकुद प्रतियोगिता हुँदै

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा "शीतल चौरजहारी बि -६७ कप" खेलकुद प्रतियोगिता सञ्चालन हुने हुने भएको छ। शीतल चौरजहारी बि-६७, रुकुम पश्चिमको आयोजनामा हुने यस प्रतियोगितामा मुख्य दुई विधाका खेलहरू आयोजना गरिएको बताईएको छ । 

खुला नकआउट फुटबल प्रतियोगिता र खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। फुटबलमा विजेता हुने टोलीको लागि दुई लाख ३० हजार १६७, उप विजेता हुनेको लागि एक लाख ३० हजार १६७ रुपियाँ पुरस्कार व्यवस्था गरिएको छ । फुटबल प्रतियोगितामा सहभागीताको लागि दर्ता १५ हजार राखिएको छ । 

यसैगरी खुला ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने खेलाडी वा जोडीले नगद २५ हजार र द्वितीय हुनेले नगद १५ हजार पुरस्कार पाउनेछन् । यस विधामा सेमिफाइनलसम्म पुग्ने खेलाडीहरूका लागि पनि नगद पाँच हजार व्यवस्था गरिएको छ। ब्याडमिन्टन प्रतियोगितामा भाग लिनका लागि दर्ता शुल्क दुई हजार तोकिएको छ । 

खेलमा सहभागी हुन चाहने टोली तथा खेलाडीहरूका लागि दर्ता अवधि २०८३ असोज २५ गतेदेखि कार्तिक १० गतेसम्म तोकिएको छ। फुटबल प्रतियोगिता २०८३ कार्तिक ११ गतेदेखि र ब्याडमिन्टन प्रतियोगिता २०८३ कार्तिक १३ गतेदेखि विधिवत रूपमा सञ्चालन हुने तालिका सार्वजनिक गरिएको छ। स्थानीय स्तरमा खेलकुदको विकास र सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले  "खेलकुदले जोड्छ हाम्रो समाजलाई" भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । 

पश्चिम क्षेत्रको पहाडी भूगोलमै उत्कृष्ट र व्यवस्थित प्रतियोगिता आयोजना गर्ने प्रयास रहेको आयोजक संस्थाका बिक्रम बिष्टले जानकामरी दिनुभयो । उहाँले प्रतियोगितामा एन्फा राष्ट्रिय रेफ्रीको सहभागिता रहनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल