नेभिगेशन
राजनीति

पदका लागि निष्ठा बेच्दिन, नैतिकता त्याग्दिन : नेता डाँगी

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खड्कबहादुर डाँगीले पद प्राप्तिका लागि आफ्नो आर्दश त्याग्न नसकिने बताउनुभएको छ । 

मंगलबार देखि वीपी स्मृति भवन मुसिकोटमा सुरु भएको नेपाली कांग्रेस रुकुम पश्चिमको महाधिवेशन केन्द्रित बैठकमा उहाँले जोगी हुन राजनीतिमा नआएको बताउँनुहुँदै पद प्राप्तिको लागि निष्ठा र नैतिकता त्याग गर्न नसकिने बताउनुभएको हो ।

नेपाली काँग्रेस रुकुम पश्चिमको १५औ महाधिवेशन र ८औ जिल्ला अधिवेशन केन्द्रित बैठकमा नेता डाँगीले ईतिहास भजाएर त्यसको ब्याज खानुपर्ने अवस्था नरहेको उल्लेख गर्नुहुँदै क्षमता र लोकप्रियताले जहाँसम्म लैजान्छ त्यहाँसम्म इमानदारीतापूर्वक पुग्ने बताउनुभयो । 

बैठकमा उहाँले कांग्रेसका तमाम् शुवेच्छुकले तोकेको र दिएको स्थान नै आफ्नो लागि सबैभन्दा महत्वपूर्ण स्थान रहेको बताउनुभयो । 

आफू गगन थापा निकट रहेको प्रंशग उल्लेख गर्नुहुँदै उहाँले थापासँगको सम्बन्ध र निकटता उहाँ पार्टी सभापति भएपछिको नभई बिद्यार्थी संगठन देखि कै भएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, "सबै सकिएपछि गगन थापासँग टाँसिन आएको मान्छे म होइन, उहाँसँग पछिल्लो पटकको नेपाल बनाउने किताब र भिजन देखेर, पढेर पनि टाँसिन आएको हैन, गगनसँग सिमित व्यक्ति र शक्ति नहुँदा देखिनै एकढिक्का भएर अगाडी बढेका हौं ।"

नेता डाँगीले आज गगनसँगको शक्ति देखेर रस चुस्न आएको नभई भोली शक्तिमा नहुँदा पनि गगनसँगै हुने बताउनुभयो । उहाँले आफ्नो राजनीति कुनै व्यक्तिका विरुद्ध नभई भोक, रोग, गरिबी, अशिक्षा र बेरोजगारीका विरुद्ध रहेको स्पष्ट पार्नुभयो । 

डाँगीले आगामी जिल्ला अधिवेशनमा जिल्ला सभापतिको लागि दावेदारी प्रस्तुत गरिरहनु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्