नेभिगेशन
घटना/दुर्घटना

रुकुममा गाडीको ठक्करबाट आमा छोरीको घटनास्थलमै मृत्यु

रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ । 

आईतबार बिहान सानीभेरी गाउँपालिका ८ को एकान्तकुना नेर सिम्ली बजारतर्फबाट आएको भे १ ज १४४२ नम्बरको इभि गाडीले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृत्युु हुनेमा गुल्मीको रुरुक्षेत्र गाँपालिका वडा नम्बर ४ बलेटक्चा निवासी २६ वर्षीया स्वस्तिका पौडेल र निजको छोरी २ वर्षीया शान्दिका ज्ञवाली रहेका छन्। 

मृतकका श्रीमान लक्ष्मी सनराईज बैंकको मुसिकोट शाखामा कार्यरत हुनुहुन्छ। उहाँलाई भेटेर फर्कने क्रममा छोरीलाई शौचालय लैजान झरेको बेला गाडीले ठक्कर दिएको हो। 

प्रहरीले दुवै जनाको शव जिल्ला अस्पतालमा रहेको जनाएको छ । ठक्कर दिने गाडी घटनास्थमै रहेको छ भने चालक सानोभेरी गाँउपालिका ३ चौखे निवासी अमर विकलाई प्रहरीले पक्राऊ गरेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना