नेभिगेशन
खेल

रुकुमकी ललिता राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त 

रुकुम पश्चिम निवासी ललिता नाथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त हुनुभएको छ । 

बाँफिकोट गाउँपालिका २ पिपल निवासी भलिबल खेलाडी नाथ र एथलेटिक्सका धनीराम चौधरी गत सोमबार सदस्यमा नियक्त हुनुभएको हो ।  

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा (२) को खण्ड (ट) बमोजिम राखेपको रिक्त सदस्य पदमा शिक्षा तथा खेलकुद मन्त्री मन्त्रीस्तरीय निर्णयबाट उहाँलाई मनोनयन गरिएको हो । 

दुवैको कार्यकाल चार वर्षको हुनेछ । उहाँहरुलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारस्थित मन्त्रालयमा पत्र हस्तान्तरण गर्नुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल