नेभिगेशन
समाज

दश दिनको कैद फैसलामा तीन वर्षदेखि फरार रुकुमका युवा सल्यानमा पक्राउ

रुकुम पश्चिमका एक युवा चेक अनादार मुद्धामा सल्यानमा पक्राउ परेका छन् ।

त्रिवेणी गाउँपालिका -५ का ३२ वर्षीय विजय बिकलाई सोमबार शारदा नगरपालिका २ खलंगा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार जिल्ला अदालत सल्यानको फैसला अनुसार उहाँलाई पक्राउ गरिएको हो । अदालतले २०७९ फागुन १८ गते चेक अनादर मुद्धामा बिक बिरुद्ध दश दिन कैद र दुई हजार जरिवानाको सजाय तोकेको थियो ।

प्रहरीले अदालतको फैसला आदेशपछि फरार रहेका विजयलाई पक्राउ गरी जिल्ला अदालतमा पठाएको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्