नेभिगेशन
समाज

हुकाममा चट्याङ लागेर एक जना घाईते

रुकुम पूर्वमा चट्याङ लागेर एक जना घाईते हुनुभएको छ । 

आईतबार दिउँसो जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर ५ हुकाम निवासी अन्दाजी ३२ वर्षीया कमला बिकलाई चट्याङ लागेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार घर नजिकैको बारीमा दाउरा लिन गएको बेला कमलालाई चट्याङ लागेको हो । स्थानीयले घटनाबारे जानकारी दिएपछि प्रहरी चौकी हुकामबाट गएको प्रहरी टोलीले कमलाको उद्धार गरेर उपचारको लागि स्वास्थ्य चौकी हुकाममा पुर्याएको थियो ।

कमलाको पछाडी ढाँड र खुट्टामा जलेको छ । उहाँलाई थप उपचारकोलागि रुकुमकोटस्थित जिल्ला अस्पतालमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्