नेभिगेशन
समाज

बाख्रा गोठमा आगलागी हुँदा ज्येष्ठ नागरिकको मृत्यु

मंगलबार सल्यानमा विद्युत् तार सर्ट भई बाख्रा खोरमा भएको आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ । 

जिल्लाको बागचौर नगरपालिका –४ नमुना बस्तीमा आज दिउँसो स्थानीय भद्रबहादुर घर्तीको बाख्राको खोरमा आगलागी हुँदा सोही ठाउँमा सुतिरहेका ७० वर्षीय मोतिराम वलीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले विद्युत् तार सर्ट भई आगलागी भएको प्रारम्भिक निष्कर्ष रहेको बताउनुभयो । आगलागीमा खोरभित्र रहेका ३५ वटा लोकल कुखुरा समेत जलेर नष्ट भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्