नेभिगेशन
समाज

मानसिक स्वास्थ्यका बारेमा पत्रकारहरुलाई अभिमुखीकरण 

रुकुम पूर्वका क्रियाशिल पत्रकारहरुलाई मानसिक स्वास्थ्य तथा आत्महत्या सम्बन्धि अभिमुखीकरण गरिएको छ । 

स्थानीय सञ्चार माध्यमबाट मानसिक स्वास्थ्य सम्बन्धि समाचार सम्प्रेषण गरी जनचेतना फैलाउने उद्वेश्यले उक्त अभिमुखिकरण कार्यक्रम गरिएको हो ।   आईतबार नेपाल पत्रकार महासंघ रुकुम पूर्वको आयोजना तथा यु. एम.एन. कर्णाली प्रदेश  र जनजागरण मन्च रुकुमको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा मानसिक स्वास्थ्यको आधारभूत अवधारणा, यसको प्रभाव तथा सुधारका उपायका विषयमा सहजीकरण गरिएको छ । साथै आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता, जोखिम र प्रभावबारे सहभागी पत्रकारहरु बिच अन्तरक्रिया समेत गरिएको छ ।  

कार्यक्रमा सामुदायिक हानिकारक अभ्यास, मध्यपानका असरहरुका साथै मानसिक स्वास्थ्यको अवस्थाका बारेमा समेत सहभागीहरु बिच छलफल समेत गरिएको थियो । छलफलका क्रममा समाजमा मानसिक स्वास्थ्य सम्बन्धि समस्या भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण, उनिहरुलाई  गरिने व्यहारमा परिवर्तन गरी चेतना अभिबृद्वि गर्न जरुरी रहेको सहभागीहरुको भनाई रहेको थियो । 

नेपाल पत्रकार महासंघ रुकुम पूर्वका उपाध्यक्ष बालाराम शेर्पालीको अध्यक्षता रहेको कार्यक्रममा परियोजना अधिकृत हस्त बहादुर भग्रीले प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यकारी निर्देशक रन बहादुर परियारले उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको संचालन पत्रकार महासंघ रुकुम पूर्वका सचिब निराजन शेर्पालीले गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज