नेभिगेशन
घटना/दुर्घटना

रुकुमकोटबाट बाग्लुङ जाँदै गरेको गाडी रानीबासमा दुर्घटना

रुकुम पूर्वको भूमे गाउँपालिका -१ रानीबासस्थित मध्यपहाडी राजमार्गमा फोर्स गाडी दुर्घटना भएको छ । 

आज मंगलबार बेलुका रुकुमकोटबाट बाग्लुङतर्फ जादै गरेको लु.प्र.०१-००१ ज ०८१४ नम्वरकोे फोर्स गाडी उकालोमा अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा परेर तीन जना घाईते हुनुभएको छ । घाईते हुनेहरुमा बाग्लुङको तामाङखोला गाउँपालिका -४ निवासी ४२ बर्षीया हिरा कुमारी छन्त्याल, सोही स्थान निवासी ६० वर्षीया नन्दीसरा छन्त्याल र ७३ वर्षीया कपुरा छन्त्याल रहनुभएको छ ।

हिराको बाँया कुममा भित्र चोट रहेको छ भने नन्दीसरा छन्त्यालको निधारमा गहिरो चोट रहेको छ । त्यसैगरी कपुराको टाउकोमा चोट रहेको छ । तीनै जनाको अवस्था मध्यम रहेको बताईएको छ । घाईतेहरुलाई उपचारको लागि बाग्लुङतर्फ पठाइएको छ । 

उकालोमा अनियन्त्रित भएको गाडी सडकमै पल्टिएको थियो । गाडीमा चालकसहित १४ जना सवार रहेको प्रहरी नायब उपरीक्षक खुमानन्द पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी चालक बाग्लुङको तामाङखोला गाउँपालिका २ निवासी २६ वर्षीय बादल रसाईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक पाण्डेको नेतृत्वमा नौ जना, ईलाका प्रहरी कार्यालय काँक्रिबाट प्रहरी निरीक्षक हिमराज बि.क.को नेतृत्वमा पाँच जना र प्रहरी चौकी लुकुमबाट प्रहरी सहायक निरीक्षक बम बहादुर शाहीको नेतृत्वमा दुई जना प्रहरी टोली घटनास्थल पुगेर घाईतेहरुको उद्धार गरेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्