नेभिगेशन
समाज

एसइई दिएर भेरी नदीमा नुहाउन गएका किशोरको डुबेर मृत्यु

माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर भेरी नदीमा नुहाउन गएका एक किशोरको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–२ औलबेसी निवासी हरिभान बुढाथोकीका १६ वर्षीय छोरा सेतुराम बुढाथोकी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शुक्रबार दिउँसो करिब ४:३० बजे बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थल नजिकै भेरी नदीमा नुहाउने क्रममा बुढाथोकी डुबेका थिए। नदीमा डुबेका परीक्षार्थी बुढाथोकीलाई स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा उद्धार गरी तत्काल बनगाड कुपिण्डे नगर अस्पताल लगिएको थियो ।

नगर अस्पतालमा प्राथमिक उपचारपछि अवस्था गम्भीर देखिएपछि उहाँलाई थप उपचारका लागि सुर्खेतस्थित मेहलकुना अस्पताल पठाइएको थियो । अस्पताल पुर्‍याएलगत्तै साँझ करिब ६ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्