नेभिगेशन
समाज

वीरेन्द्रनगरमा ४२ जनाद्वारा रक्तदान 

सुर्खेतकाे वीरेन्द्रनगरमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा सामूहिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ अन्तर्गत आयोजना गरिएको कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा स्थानीय बासिन्दा, मण्डलीका विश्वासी तथा परिवारका सदस्यहरू गरी करिब १४३ जनाको सहभागिता रहेको थियो।

आईतबार वीरेन्द्रनगरस्थित परमेश्वरको मण्डलीमा आयोजित कार्यक्रममा सहभागीहरूले रक्तदान गर्नुअघि प्रश्नावली भर्ने, शारीरिक जाँच तथा रक्तचाप परीक्षण लगायतका स्वास्थ्य परीक्षण गरेका थिए। तीमध्ये ४२ जनाले सफलतापूर्वक रक्तदान गर्दै जम्मा १२ हजार ६०० मिलिलिटर रगत संकलन गरिएको आयोजकले जनाएको छ।

‎‎कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाले स्वास्थ्यकर्मी तथा आवश्यक उपकरण उपलब्ध गराएर सहयोग गरेको थियो। 

9ebc743d-8814-44cb-a872-050624129025-1773044571.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्