नेभिगेशन
घटना/दुर्घटना

दुर्घटनामा ज्यान गुमाएका रुकुम पश्चिमका युवाको अन्त्येष्टि

सोमबार रुकुम  पूर्वको रुकुमकोटमा मोटरसाईकल दुर्घटनामा परेर ज्यान गुमाएका रुकुम पश्चिमका एक युवाको आज अन्त्येष्टि गरिएको छ । आठबिसकोट नगरपालिका ११ निवासी १९ वर्षीय समिर गिरीको स्थानीय गुनाभिरमा अन्तेष्टि गरिएको हो । 

सोमबार रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित कमल दहबाट ६ नम्बर वडाको छिप्रीदहतर्फ जाँदै गर्दा गरेको  भे ८ प ६७९७ नम्बरको मोटरसाइकल अनिन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परेर गम्भिर घाईते भएका समिरको उपचारको क्रममा रुकुम पूर्व अस्पतालमा लिएको बेला बेलुका ६ः४५ बजे मृत्यु भएको थियो । 

घरका तीन दानुभाई मध्य समिर माईलो छोरा हुनुहुन्थ्यो । उहाँको निधनले गाउँ नै शोकमा डुबेको छ । 

उक्त दुर्घटनामा परेर घाईते भएका अर्का युवालाई भने उपचारको लागि नेपालगञ्ज लिईएको छ । सोही ठाउँका १८ वर्षिय सुरेश गिरी घाइते हुनुभएको हो । सुरेशको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना