नेभिगेशन
समाज

रुकुम प्रहरीले निकाल्यो मानिस हराएको सूचना

रुकुम पश्चिमका एक पुरुष चार दिनदेखी हराएको भन्दै खोजी गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयले सानीभेरी गाउँपालिका -३ निवासी ६४ वर्षीय गोब्रे खड्का हराउनुभएको जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै फेला पार्नुहुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरेको छ ।

प्रहरीले बेपत्ता खड्काको हुलिया समेत सार्वजनिक गरेको छ ।  बेपत्ता खड्काको उचाई अन्दाजी ५ फिट ६ ईन्च, गहुँगोरो वर्ण, नाकको टुप्पोमा कोठी भएको प्रहरीले उल्लेख गरेको छ । 

गत फागुन ५ गते बेलुका सिंचाईको कुलो पानीको मुहानदेखी ल्याउँछु भनी जानुभएका खड्का हलसम्म फेला नपरेकोले प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्