नेभिगेशन
समाज

हवाई फायर गरेर ब्राउनसुगरसहित एक जना पक्राउ

सुर्खेतमा लागु औषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । 

लागु औषध नियन्त्रण शाखा कार्यालय व्युरो सुर्खेतबाट प्रहरी सहायक निरीक्षक निरज पाल ठकुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले एक राउण्ड हवाई फायर गरेर कारोबारी र लागुऔषध नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार सुर्खेतको चिङ्गाड गाउँपालिका ४ निवासी ४७ वर्षीय ललित चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

उहाँका अनुसार सोमबार वीरेन्द्रगर नगरपालिका ८ मा लागु औषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण शाखा कार्यालय व्युरो सुर्खेतबाट संयुक्त प्रहरी टोली खटिएर गएको थियो । 

उक्त स्थानमा रहेका परेका चन्दलाई शंकास्पद अवस्थामा फेला पारेको र पक्राउ गर्न खोज्दा प्रहरी टोलीलाई हातपात गरी भाग्न खोजेपछी प्रहरीले एक राउण्ड हवाई फायर गरेर पक्राउ गर्न सफल भएको हो । 

पक्राउ परेका चन्दबाट ३७ ग्राम ७३० मिलिग्राम लागु औषध ब्राउनसुगर समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक बुढथापाले जानकारी दिनुभयो । 
पक्राउ परेको चन्दलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर मुद्धा दर्ता गरिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्