नेभिगेशन
खेल

च्युरा माविलाई पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी  

सल्यान बनगाड कुपिण्डे नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि त्रिभुवन जनता मावि च्युराले हात पारेको छ । 

१६ स्वर्ण ९ रजत १० कास्य सहित मावि च्युराले विजेता हात पारेको छ । ९ स्वर्ण ८ रजत ६ कास्य सहित प्रभाकर मावि देवस्थल दोस्रो विजेता भएको छ ।

२ स्वर्ण २ रजत २ कास्य सहित कृष्ण बोर्डिङ स्कुल देवस्थल तेस्रो भएको छ । लङ्गग्रिन रिभर बोर्डिङ स्कुल सल्लिवजार १ स्वर्ण ७ रजत २ कास्य, मुक्ति मावि औलवेशी १ स्वर्ण ४ रजत ३ कास्य, सिद्धेश्वरि मावि निगाल्चुला १ स्वर्ण २ कास्य, प्रतिभा मावि जयतपानी २ कास्य, कृष्ण मावि संग्रहि १ कास्य, नवजोति मावि अधेरी २ कास्य पदक प्राप्त गरेको खेलकुद विकास समितिकाले जानकारी दिएको छ ।

माघ २९ बाट फाल्गुन २ गतेसम्म जारि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्डको नगर प्रमुख कर्ण वहादुर वुढाथोकि, उपप्रमुख पुरुषोत्तम आचार्य, वडा अध्यक्ष थुम वहादुर विसि,गणेश वुढा, पिउपर खत्री,नगर शिक्षा शाखा प्रमुख चक्र वहादुर रावतले विजेता विद्यार्थी खेलाडिहरुलाइ प्रमाणपत्र,मेडल वितरण गर्नु भएको थियोे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्