नेभिगेशन
खेल

बेलटापुमा आयोजित पुरुष र महिला भलिबल प्रतियोगितामा बाँफिकोट २ को जित

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -३ स्थित खेलमैदानमा लागेको बेलटापु मेलाको अवसरमा आयोजित खुला स्वच्छ वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगिता अन्तर्गत आईतबार भएको पुरुषतर्फको फाईनल खेलमा बाँफिकोट गाउँपालिका वडा नम्वर ३ का बिरुद्ध जित निकाल्दै बाँफिकोट गाउँपालिका वडा नम्वर २ को टोलीले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ । 

प्रथम स्थान आउन सफल बाँफिकोट गाउँपालिका -२ को टोलीले दुई लाख दश हजार रुपियाँ नगद पुरस्कारका साथ मेडल, कप र प्रमाणपत्र हात पारेको छ भने द्वितिय स्थान आएको बाँफिकोट गाउँपालिका ३ को टोलीले एक लाख ६० हजार नगद पुरस्कारका साथ मेडल, कप र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी तृतीय स्थान ल्याउन सफल मुसिकोट नगरपालिका ७ साँखको समुहले ६० हजार नगद पुरस्कार प्राप्त गरेको छ । 

आयोजक कमिटीका टंक प्रकाश पुन मगरका अनुसार महिलातर्फको प्रथम स्थान बाँफिकोट गाउँपालिका २ कै समुहले हात पारेको छ । प्रथम स्थान जित्न सफल यस समुहले ५५ हजार नगद पुरस्कारका साथ मेडल, कप र प्रमाणपत्र पाएको छ । 

द्वितिय स्थान ल्याउन सफल सल्यानको बागचौर नगरपालिका २ को समुहले २५ हजार र तृतीय स्थान ल्याउन सफल सानीभेरी गाउँपालिका ५ स्थित युवा तथा खेलकुद समितिले नगद २० हजार रुपियाँ हात पारेको छ । 

पुरुषतर्फको खेलमा व्यवस्था गरिएको विभिन्न विधागततर्फका पुरस्कारहरु समेत प्रदान गरिएको छ ।

विधागत तर्फ बेस्ट प्लेयरको उपाधी बाँफिकोट २ का गणेश बिक, बेस्ट सेटर बाँफिकोट २ कै प्रकाश खत्री, बेस्ट सर्भर बाँफिकोट ३ का मानव मल्ल, बेस्ट स्पाईकल मुसिकोट नगरपालिका ७ का मोहन बिक, बेस्ट लिब्रो बाँफिकोट ३ का गजेन्द्र मल्ल, उदयमान खेलाडी बाँफिकोट ३ का प्रवेश मल्ल र बेस्ट कोच बाँफिकोट २ का गोबिन्द खत्रीलाई प्रदान गरिएको छ । 

महिलातर्फको विधागत पुरस्कार दुई जनालाई प्रदान गरिएको छ । बेस्ट प्लेयर बाँफिकोट गाउँपालिका २ की देवी नाथ र उदायमान खेलाडी बागचौर नगरपालिका ४ सल्यानकी कमला धोलीलाई प्रदान गरिएको आयोजकले जनाएको छ । 

beltapu-khel-(1)-1795360647.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्