नेभिगेशन
समाज

जिल्ला अस्पताल सल्लेमा स्वास्थ्य बीमाबाट उपचार गर्दा अब १० प्रतिशत रकम बिरामीले तिर्नुपर्ने

रुकुम पश्चिमममा स्वास्थ्य बिमा कार्यक्रम मार्फत उपलब्ध हुने सेवाहरुमा सहभुक्तानी गर्नुपर्ने भएको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम, अस्पताल विकास समितिले बिमामार्फत उपचार गराउने बिरामीले दश प्रतिशत रकम तिर्नुपर्ने निर्णय गरेको हो । 

अस्पताल विकास समितिले स्वास्थ्य बीमा कार्ड प्रयोग गरेर उपचार गराउने सेवाग्राहीले अब उपचार खर्चको १० प्रतिशत रकम आफैं तिर्ने निर्णय गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. जीवन परियारले जानकारी दिनुभयो । 

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम अस्पताल विकास समितिको गत पुस ३० गतेको निर्णय अनुसार सहभुक्तानी व्यवस्था लागु हुने भएको हो । डा. परियारका अनुसार अस्पताल विकास समितिको निर्णयअनुसार २०८२ माघ १० गतेदेखि यो व्यवस्था कार्यान्वयन हुनेछ । 

डा. परियारका अनुसार बीमा कार्ड भएका सेवाग्राहीले अस्पतालमा उपचार गराउँदा कुल खर्चको १० प्रतिशत रकम अस्पतालमै तिर्नुपर्नेछ भने बाँकी खर्च स्वास्थ्य बीमाबाट भुक्तानी हुनेछ। यसले बीमा सेवालाई व्यवस्थित र दिगो बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो।

c3b4f73e-533b-4253-9fd2-67904f106fff-1768745178.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्