नेभिगेशन
समाज

स्मृति दिवसको अवसरमा धारा, चौतारी र अक्षयकोष निर्माण

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ निवासी स्वर्गीय डन्नवीर बांठा मगर र स्वर्गीय मैमी बांठा मगरको स्मृति दिवसको अवसरमा धारा, चौतारी र अक्षयकोष निर्माण गरिएको छ । 

मृतक डन्नबीरका नाती धनसिं बाँठा मगरका अनुसार बाजेको देहान्तको एक वर्ष पूरा हुन १ महिना १५ दिन बाँकी रहेतापनि माघी पर्वको समेत अवसर पारेर सामाजिक कार्यगरिएको हो । उहाँका अनुसार दिवंगत हजुरबुवा र हजुरआमाको सम्झनामा सानीभेरी गाउँपालिका वडा नम्वर ५ स्थित ठूलाखोलामा स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने गरी खानेपानीका दुई वटा धारा तथा एक वटा चौतारी निर्माण गरिएको छ।

यस पुण्य कार्यबाट समुदायमा खानेपानीको सुविधा विस्तार हुनुका साथै सार्वजनिक विश्रामस्थलको अभावसमेत पूर्ति हुने अपेक्षा गरिएको छ।

त्यसैगरी स्थानीय जनज्योति माध्यमिक विद्यालय मेलचौरमा “श्री डन्न वीर स्मृति अक्षयकोष” स्थापना समेत गर्न रकम छुट्याईएको छ ।

यो अक्षयकोषबाट प्रत्येक वर्ष एसईई परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गरी उत्तीर्ण हुने गरीब तथा जेहेन्दार एक जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने धनसिंले जानकारी दिनुभयो । अक्षयकोषका रकम हाललाई एक लाख पचास हजार रहने उहाँले उल्लेख गर्नुभयो । 

613848932_4177819205866204_9157238935678883665_n-1768543376.jpg

614676775_1245902070787902_7009368655608982488_n-1768543372.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज