नेभिगेशन
घटना/दुर्घटना

दाङबाट रुकुम आउँदै गरेको इभी गाडी सिम्रुतुमा दुर्घटना

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा ईभी गाडी दुर्घटना भएको छ । 

दाङबाट रुकुम पश्चिम आउँदै गरेको अन टेस्ट ईभी गाडी आज बिहान सिम्रुतु बजारको माथिल्लो मोडमा दुर्घटना भएको हो । 

गाडीमा सवार यात्री यज्ञ खत्रीका अनुसार आज बिहान तिन बजे तिर गाडी दुर्घटना भएको हो । दुर्घटनाबाट कुनै मानविय क्षति भने भएको छैन । सबै जनाले हामफालेर ज्यान जोगाएको उहाँले जनाउनुभयो । 

उहाँका अनुसार गाडी दुर्घटना भएर सडक छेउमा पुगेको छ । गाडीमा तीन जना मात्र यात्रु रहेको उहाँले जानकारी दिनुभयो । भर्खरै किनेको उक्त गाडी रुकुम ल्याउँदै गर्दा दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण भने खुलेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना