नेभिगेशन
समाज

विद्युत प्राधिकरणद्वारा चौरजहारीको खानेपानी संस्था सम्मानित

नेपाल विद्युत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयले रुकुम पश्चिमको चौरजहारीमा रहेको बिजयश्वरी चौरजहारी सुख्खा खानेपानी संस्थालाई सम्मान गरेको छ । 

शुक्रबार एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष तेजबहादुर बटालालाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितन्द्रदेव शाक्यले सम्मान गर्नुभएको हो । अध्यक्ष बटालालाई एक कार्यक्रमका बिच दोसल्ला र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो । 

संस्थालाई उत्तम विद्युत खपत र नियमित विद्युत महशुल भुक्तानीको आधारमा कर्णालीका उत्कृष्ट १० अत्यन्त महत्वपूर्ण उपभोक्ता भित्र परेकोले सम्मान गरिएको हो । 

यसका साथै बिजयश्वरी चौरजहारी सुख्खा खानेपानी संस्था रुकुम पश्चिममा सबैभन्दा बढी विद्यतु खपत गर्ने र नियमित महशुल भुक्तानी गर्ने संस्थाको रुपमा पनि सम्मानित भएको छ । 

बिजयश्वरी चौरजहारी सुख्खा खानेपानी संस्थासँगै सुर्खेतका पाँच वटा, सल्यानका तीन वटा र जुम्लाका एक उपभोक्तालाई अत्यन्त महत्वपूर्ण उपभोक्ताको रुपमा सम्मान गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज